२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

जनउत्थान सहकारीको अध्यक्षमा पुनः ज्ञानु पौड्याल

शनिवार , कार्तिक २२, २०७७

भैरहवा, २२ कार्तिक ।
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको अध्यक्षमा पुनः ज्ञानु पौड्याल निर्वाचित भएकी छन् । संस्थाको शनिबार सम्पन्न् १५ औं वार्षिक साधारणसभाले आगामी ४ वर्ष कार्यकालको लागि पौड्यालको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । त्यस्तै सहकारीको उपाध्यक्षमा गिरी प्रसाद पुन, सचिवमा सरु राना, कोषाध्यक्षमा विष्णुमाया कुंवर, सदस्यमा निल प्रसाद पुन, बुद्धिबल न्यौपाने, कर्ण बहादुर पुन, जमुना तिवारी, शान्ति अधिकारी र राम प्रसाद अर्याल रहेका छन् ।

साधारणसभाले अनिल थापा श्रीसको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । समितिको सदस्यमा कोपिला रानाभाट ज्ञवाली र घनश्याम रेग्मी रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन उपसमिति संयोजक शिव प्रसाद गौडेलले सपथग्रहण गराएका थिए ।

साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष मेखराज पुनले संस्थाले पुनः सक्षम नेतृत्व पाएको बताए । 
सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले लकडाउनको समयमा संस्थाले कृषि एम्बुलेन्स सेवा सञ्चालन गरेको बताइन् । उनले सहकारीमार्फत गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताइन् । हाल ४ वटा सेवा केन्द्रमार्फत सहकारीले सेवा दिइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एच.बी. रम्तेल, यम बहादुर थापा, चेतराम पराजुली, टिकाराम पाण्डे, रामेश्वर ढकाल, मोहनसिंह गुरुङ, सूर्य कुमार सारु मगरले जनउत्थान सहकारीले सञ्चालन गर्दै आएका अभियानहरुका बारेमा बोलेका थिए ।

 कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट पूर्ण कुमारी गुरुङलाई सम्मान गरिएको थियो । सहकारीमा २०७७ असार मसान्तसम्म शेयर सदस्यको संख्या १९ हजार ४ सय २९ रहेको व्यवस्थापक रन बहादुर थापाले बताए ।