बिहिवार , बैशाख ८, २०७९
बुटवल, ८ वैशाख ।
लुम्बिनी प्रदेश कार्यक्षेत्र रहने गरी स्थापना भएको आर्थिक अनुसन्धान केन्द्रले शान्तिको कामना गर्दै आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । गैरसरकारी, नाफारहित सामाजिक सस्थाको रुपमा स्थापित संस्थाले विश्व शान्तिको कामना गर्दै बुटवलको कालिकानगर कालिका चौकमा शान्ति दिप प्रज्जवलन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल बुटवलका महासचिव प्राज्ञ दिपक ढकालले संस्थाले शान्तिको क्षेत्रमा देखाएको तत्परताको प्रशंसा गरे । उनले समुन्नत विश्व निर्माणका लागि सबै नागरिक आर्थिक, सामाजिक रुपले सचेत हुँदै मानव समुदाय लगायत सबैको हितमा लाग्नुपर्ने बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले स्थापनाको पहिलो वर्षमा नै लुम्बिनी प्रदेशमा संस्थाले ख्याती कमाएको भन्दै लुम्बिनी प्रदेशको समृद्धिमा मात्रै नभइ नेपालकै समृद्धिका लागि सरकारलाई मार्गनिर्देश गर्न आर्थिक अनुसन्धान केन्द्र सक्षम रहेको बताए ।
त्यसै गरी शैक्षिक व्यक्तित्व मोहन भट्टराईले सस्थाको प्रगतिको कामना गर्दै आगामी दिनहरुमा विद्यार्थीहरुलाई पनि अनुसन्धानमुलक कार्यमा जोड्न आग्रह गरे । यो संस्था लुम्बिनी प्रदेशका लागि मात्रै नभइ समग्र देशकै नमुना संस्थाका रुपमा परिचित हुने विश्वासका आधारहरु सिर्जना भएको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष हुमराज भुसालले संस्था स्थापनाको उद्देश्य र हालसम् मगर्दै आएको कार्यहरुका बारेमा प्रकाश पारेका थिए । आर्थिक अनुसन्धान केन्द्रले आगामी वर्ष देखि नियमित रूपमा अर्थ क्षेत्रमा सक्रिय अनुसन्धानमुलक लेख प्रकाशन गर्ने लेखकलाई सम्मान समेत गर्ने उनले जानकारी दिए । त्यस अवसरमा कार्यक्रम संयोजक भोजराज पंगेनी, उपाध्यक्ष प्रशान्त रावल लगायतले पनि बोलेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij