
शनिवार , कार्तिक २२, २०७७
भैरहवा, २२ कार्तिक ।
रोहिणी नदीमा दुर्गा मुर्ति बिसर्जनका क्रममा लडेर ढाड भांचिएका विरामीलाई लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले आर्थिक सहयोग गरेको छ । कार्तिक ११ गते घाइते भएका रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका २८ वर्षिय कालीचरण सहानीको उपचारको लागि क्लबले नगद ४१ हजार रुपैयाँ सहयोग गरेको हो ।
क्लबले शनिबार सहानी उपचाररत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा पुगेर उनका बुवा मोहन सहानी र आमा शान्ति सहानीलाई उक्त रकम हस्तान्तरण गरेको कार्यक्रम संयोजक आकाश चौधरीले बताए ।
आर्थिक अभावका कारण कालीचरणको उपचारमा समस्या नआओस् भन्ने उद्देश्यले कालीचरणको ढाडको अपरेशन गर्नको लागि आर्थिक सहयोग गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले बताए ।
रकम हस्तान्तरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले कालीचरणको उपचारको लागि क्लबले सहयोग गर्नु प्रशंसनीय रहेको बताए । उनले थप सहयोगको लागि आफु प्रयासरत रहेको बताए ।
क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अस्पतालका प्रशासन संयोजक तेज कुमार के.सी.का अनुसार कालीचरणको उपचारको लागि २ लाख रुपैयाँ आवश्यक पर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij