२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

भैरहवामा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम

बुधवार , बैशाख ७, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ७ वैशाख ।
    घरेलु तथा साना उद्योगमा कार्यरत श्रमिकहरुको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम भैरहवामा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरको आयोजना तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको समन्वयमा बुधबार तालिम सुरु भएको हो ।

    तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उद्योगमा सुरक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताए । उनले तालिमले औद्योगिक प्रतिष्ठानमा सुरक्षित भएर काम गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । ‘श्रमिक भन्दा पहिला उद्योगी, कर्मचारी सुरक्षा र स्वास्थ्यप्रति सचेत हुनुपर्छ अनि श्रमिकलाई यसबारे जानकारी गराउनुपर्छ र बुझाउनुपर्छ । ’

    व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका शाखा अधिकृत सतिश कुमार उपाध्यायले कार्यस्थलमा आउने समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । उनले विगतका घटनाक्रमलाई दोहोरिन नदिन तालिमबाट सिकेका कुरा लागू गर्न सकिए तालिम सफल हुने बताए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले तालिममा सिकेका कुरा आ–आफ्नो प्रतिष्ठान लागू गर्न बताए । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिम सञ्चालन गर्दै अवसर प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गरे । संघका उपाध्यक्ष दिलिप कुमार कान्दुले यो तालिमले उद्योगमा हुने समस्या समाधान गर्न सहयोग गर्न बताए । प्रशिक्षक उदय कुमार महतोले सुरक्षा सावधानी अपनाउँदा जोखिम हुने भएकाले सावधानी अपनाउनु परेको बताए ।

    व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरका शाखा अधिकृत सतिश कुमार उपाध्यायको अध्यक्षता, प्रशिक्षक उदय कुमार महतोको स्वागत तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव आनन्द खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिम बिहीबार पनि सञ्चालन गरिने आयोजकले जनाएका छन् । तालिममा प्रशिक्षक सतिश कुमार उपाध्याय, शंकर कार्की र कमल पौडेलले सहजीकरण गर्नेछन् ।