
आइतवार , बैशाख ४, २०७९
काठमाडौँ। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आज नेप्से परिसूचकमा गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ ।
नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर रु एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.८९, व्यापार ६.३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र रु चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक रु तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । नेप्सेका अनुसार आज २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो ।
त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए । रास
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij